सिड्नी । नेपाली विद्यार्थी नेहा राईको चर्चा यतिखेर नेपाली समुदाय माझ मात्र नभएर अष्ट्रेलियाभरि नै हुन थालेको छ । उनको पढाइ र समाजसेवा दुवैका लागि उनी चर्चाको विषय बनेकी हुन् ।

नेपालबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेकी राईले गरेको सामाजिक सेवाले अस्ट्रेलियनहरुलाई समेत निकै प्रभावित तुल्याएको छ । पढाइमा गरेको प्रगति र सामाजिक सेवाको लागि उनले विशेष सम्मान समेत पाएकी छिन् ।

राई सिड्नीको यूनिभर्सिटी अफ टेक्नोलोजी (यूटीएस) मा स्नातक तह अध्ययन गर्दै छिन् । अध्ययनको क्रममा उनले सिड्नीमा वृद्ध वृद्धाहरुलाई बसोवास र उनीहरुको यात्रामा गरेको सहयोगका कारण विश्वविद्यालयको उत्कृष्ट पुरस्कार राइले पाएकी हुन् ।

अस्ट्रेलिया गएका वृद्धवृद्धाले भाषाकै कारण अरुसँग कुरा गर्न नसक्ने हुँदा विभिन्न खालका समस्या भोग्नु परेको र त्यसमा आफूले सकेको सहयोग गरेको राईले बताइन । राइले अस्ट्रेलिया पुगेदेखिनै बृद्ध नेपालीहरुलाई सिड्नीको यातायात व्यवस्थाबारे बुझाउनुका साथै उनीहरुलाई विभिन्न स्थान पु¥याउन पनि सहयोग गर्दै आएकी छन् ।

‘नयाँ देशमा बस्नु मेरा लागि एउटा ठुलो परिवर्तन थियो’, उनले भनिन, ‘यूटीएसमा अध्ययन गर्ने क्रममा विद्यार्थी क्लबहरुले आयोजना गरेका विभिन्न गतिबिधिका कारण सिड्नीमा एउटा नयाँ समुदाय फेला पार्न सके ।’

अस्ट्रेलियामा विभिन्न देश र पृष्ठभूमिका मानिसहरुसँग भेट्न, उनीहरुको संस्कृति र अनुभवबारे बुझ्न पाउँदा निकै रमाइलो लाग्ने गरेको उनले बताइन् ।

सन् २०१७ सालमा आफ्नो पढाई पूरा गर्ने आशा योजनामा रहेकी राईको सोच भने आफ्नै नीजि व्यवसाय सुरु गर्ने रहेको छ । त्यसअघि अनुभवकै लागि भए पनि कुनै अन्तराष्ट्रिय लेखा संस्थामा काम गर्ने योजना उनको रहेको छ ।

Comments

comments