काठमाडौं । नेपाल टेलिकमले मंगलवारदेखि प्रिपेड इन्टरनेट डाटा प्याकेज शुरु गर्नेभएको छ ।

टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको हो । सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको डाटा प्याकेज मंगलबारदेखि लागू हुनेछ ।

टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ । ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच सय रुपैयाँ पर्नेछ । यो समूह लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ ।

Comments