काठमाडौं । पत्रकार ऋषि धमला प्रदर्शनकारीहरुबाट कुटिएका छन् ।

अनामनगरमा रहेको नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो । उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन् ।

आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए । आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहारेका थिए । तर श्रेष्ठले ’तपाइँ बन्दविरोधी हो’ भन्ने जवाफ दिएको धमलाले बताए ।

Comments

comments