काठमाडौं । बंगलादेशमा जारी अण्डर सिक्सटीन साफ च्याम्पियनशीपको सेमीफाइनलमा नेपालले आइतबार परिचित प्रतिद्धन्दी भारतसंग प्रतिस्पर्धा गर्दैछ । भारत गत संस्करणको फाइनलमा नेपालको उपाधिमा तगारो बनेको टोली हो ।

उपाधि जित्ने लक्ष्य सहित बंगलादेश पुगेको नेपाली टोलीका लागि लगातारको बर्षा बाधक बनिरहेको छ । बर्षाका कारण मैदान हिलो भएका कारण खेल्न असजिलो भइरहेको प्रशिक्षक उपेन्द्र मान सिहंले बताएका छन । सुरुवात देखिनै सिलेटमा खेल्न गाहे भइरहेको उपेन्द्र मान सिंहको भनाइ थियो । यद्यपी आफ्नो टोली शारिरीक र मानसिक रुपमा सेमीफाइनलका लागि यार रहेको उपेन्द्र मान सिहंको भनाइ छ ।

नेपाल सदैव दक्षिण एशीयाली क्षेत्रको उत्कृष्ट टिम भएको भन्दै उपेन्द्र मान सिंहले यो प्रतियोगितामा पनि आफ्नो दवदवा कायमै राख्न चाहने प्रतिकृया दिए । आफ्ना खेलाडीलाइ मैदानको अवस्था अनुसार लामो पास खेल्न निर्देशन दिएको र खेलाडीले पनि सोही अनुसार गरिरहेकाले भारत बिरुद्ध जीत हात पार्नेमा प्रशिक्षक उपेन्द्र मान सिंह बिश्वस्त देखिएका छन । भारतको डिफेन्स राम्रो भएको बताउदै प्रशिक्षक उपेन्द्र मान सिंहले गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिन पनि नेपाल आतुर रहेको प्रतिकृया दिए ।

नेपाली टिमका कुनैपनि खेलाडी चोटग्रस्त नभएको पनि प्रशिक्षकले जानकारी दिए । खेल नेपाली समय अनुसार पौने ६ बजे बाट सुरु हुनेछ ।

Comments

comments