काठमाडौं । प्रदेशको सीमांकनको विषयमा मुलुकका विभिन्न स्थानमा हिंसा बढ्दै गएकोप्रति राष्ट्रपति डा रामवरण यादवको ध्यानकर्षण भएको छ ।

यसबारेमा जानकारी लिन राष्ट्रपति यादवले आज शनिवार प्रमुख दलका शीर्ष नेताहरुलाई डाक्नुभएको छ । शीतल निवासमा हुने भेटवार्तामा ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घट्ना भइरहेको बारे नेताहरूसँग आवश्यक जानकारी लिनुुहनेछ ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई भेटका लागि बोलाइएको हो ।

Comments

comments