पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थमा दोस्रो पटक हाजीरी जवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगीताको आयोजना हाम्रो पर्थले गर्न लागेको हो जुन अक्टोवरको दोस्रो हप्तामा हसनेछ । प्रतियोगितामा यो पटक ८ ओटा टोली सम्मलाई सहभागि गराउँने योजना रहेको आयोजकले बताए ।

प्रतियोगितामा नेपाल, अस्ट्रेलिया र विश्वको इतिहास, भूगोल, संस्कृति, राजनीति र खेलकुद जस्ता बिषयमा विभिन्न राउण्डमा प्रश्नहरु सोधिने छ । यो वर्ष अडियो भिजियुअल प्रश्न समेत सोध्न तयारी भैरहेको बताइएको छ । बौद्धिक खेलको रुपमा परिचित हाजीरी जवाफ प्रतियोगिता मार्फत समुदयमा एकता र घुलमिल बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

हाम्रो पर्थको आयोजनामा गएको वर्ष डिसेम्वर १४ मा पहिलो पटक हाजीरी जवाफ प्रतियोगिता भएको थियो । त्यसमा ४ टोली सहभागि थिए भने नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया नावा पहिलो भएको थियो ।

Comments

comments