टोक्यो । जापानका एक २४ वर्षीय युवाले आफ्नै लिङ्ग काटेर ट्वाइलेटमा बगाइदिएका छन् ।

आफ्नी श्रीमति अर्कै एक ४२ वर्षीय पुरुषसँग लागेको थाहा पाएपछि ती युवाले फूलबारीमा प्रयोग हुने कैंचीले आफ्नै लिङ्ग काटिदिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई एक वकिलको अफिसबाट पक्राउ गरेको हो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार टोक्यो विश्वविद्यालयबाट ग्राज्युएट गरेका इक्की कोत्सुगाई नामका ती युवाले रिसको आवेगमा आफ्नै लिङ्ग छिनालेका थिए । आफ्नो लिंग काटिसकेपछि उनले वकिलमाथि पनि आक्रमण गरेका थिए ।

लिङ्ग काटिएर गम्भीर घाइते भए पनि उनी खतरामुक्त भने रहेको टोृक्यो प्रहरीका प्रवक्ताले बताए ।

Comments

comments