क्वीन्सल्याण्ड । मेसिन रिडेवल पासपोर्टको लागि एनआरएनए क्विन्सल्याण्डले अष्ट्रेलियावासी नेपाली समुदायका लागि हेल्पडेस्क सञ्चालन गर्ने भएको छ ।

विस्थापित हुन लागेको हस्तलिखित राहदानीको सट्टा मेसिन रिडेवल पासपोर्ट लागूहुने समय नजिकिँदै गएकोले एमआरपी नबनाएकाहरूलाई सहजदा प्रदान गर्न डेस्क सञ्चालन गर्न लागिएको एनआरएनएले जनाएको छ ।

अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले आउँदो २४ नोभेम्वर देखि हस्तलिखित राहदानीलाई मान्यता नदिने घोषणा गरिसकेको छ । अष्ट्रेलियामा रहेका नेपाली समुदायमध्ये धेरैले अझै एमआरपी नबनाइसकेकाले एनआरएनए क्विन्सल्याण्डले हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको हो हो ।

एनआरएनए क्विन्सल्याण्डले अगामी १५ अगष्टका दिन न्यूमार्क स्थित बोल्स क्लवमा डेस्क राख्न लागेको छ । विहान १० बजे देखि साँझ ५ बजेसम्म डेस्क सञ्चालन हुनेछ । त्यहाँ एमआरपी राहदानीका लागि आवेदन फारम समेत भराइने उसले जानकारी दिएको छ ।

Comments

comments