काठमाडौ  । साफ अण्डर–१६ फुटबल च्याम्पियनसिपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।

आजको खेलबाट समुह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल जितको तयारीका साथ मैदानमा उत्रिदैछ । हिजोको खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको सिल्हेटमा जारी प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा माल्दिभ्सलाई अफ्गानिस्तानले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताको अर्को समुहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Comments

comments