काठमाडौ । भदौको १० गतेभित्रै मुलुकले नयाँ संविधान पाउनेगरि गृहकार्य सुरु भएको छ ।

साउनभित्र मस्यौदा लेखनको काम सक्ने र त्यसको हप्तादिनमा संविधान जारी गर्नेगरि संविधानसभाको सचिवालयले कार्यतालिका तयार गरेको छ । साउन मसान्तभित्रै संविधानको अन्तिम मस्यौदा तयार हुनेछ ।

त्यसपछि त्यसलाई विधेयकका रुपमा संविधानसभामा प्रवेश गराइनेछ । संशोधन र दफावार छलफलको प्रकियालाई केही छोट्टाएर भदौको १० गतेभित्र संविधान जारी गरिने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

नेम्वाङले चारै दलका शीर्ष नेताहरुलाई भदौ १० भित्रै संविधान जारी गर्नेगरि अघि बढ्न आग्रह गरेको पनि बताउनुभयो ।
सीमांकनका विषयमा पनि दलहरुले थप छलफल गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्ने उहाँको भनाई छ । मस्यौदा लेखनको काम जारी रहेका बेला पनि दलहरुले सम्वादको प्रक्रियालाई जारी राख्ने छन् ।

Comments