काठमाडौँ । उद्योगमन्त्री महेश बस्नेतको संस्मरण म महेश पुस्तक वुधवार सार्वजनिक भएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमा महेश बस्नेत २३ वर्षको उमेरमा भक्तपुरको गुण्डु गाविसको अध्यक्ष निर्वाचित भएदेखि उद्योगमन्त्री हुँदासम्मको आरोह अबरोहको बारेमा उल्लेख छ। पुस्तकको धेरैजसो अंश बस्नेत युथ फोर्सको अध्यक्ष भएदेखिका घटनाक्रममा केन्द्रित छ।

एकीकृत नेकपा माओवादीको भातृ संगठन वाइसिएलले समाजमा त्रास सिर्जना गरिरहेका बेला युथ फोर्स गठन र त्यसका गतिबिधिले नेपाली समाजलाइ शान्तितिर डोर्‍याएको उनले पुस्तकमा दाबी गरेका छन्।

पुस्तकबारे टिप्पणी गर्दै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले करिब एक दशक यताको घटनाक्रमबारे इमान्दार रुपमा ब्याख्या गरेको उल्लेख गरेका छन्। गौथली पब्लिकेशनले निकालेको पुस्तकको हार्ड कभरको मुल्य ६ सय ५० राखिएको छ।

Comments

comments