काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज आउँन अझै एक महिना बाँकी छ । तर बजारमा आएका तीजका गीतहरुले अहिलेदेखि नै तीजको रमझम शुरु भैसकेको छ । चलेका देखि नव प्रवेशी गायक गायिकाहरुसम्मलाई तीज गीतको रेकर्डिङ,भिडियो निर्माण र गीतको प्रोमोशनको चटारो छ ।

यसैबीच पटुकी माथि घैला फेमकी सुन्दरी गायिका मेलिना राईलाई पनि यसपटक तीजको चटारोले छोएको छ । ‘आयो तीजको लहर’ बोलको गीत लिएर दर्शक श्रोता माझ आएकी मेलिना यतिखेर सोही गीतको प्रोमोशनमा व्यस्त छिन् ।
यस गीतमा नेपाली चलचित्रका चर्चित संगीतकार ताराप्रकाश लिम्बुको संगीत छ । निहारिकालक्ष्मी शाहीका शब्द सृजनामा लिम्बुले संगीत भरेको मेलिनाको तीज गीत ‘आयो तीजको लहर’ को भिडियो समेत तयार भैसकेको छ । नारीहरुले सौभाग्यको प्रतिकका रुपमा लिने रातो टीका, रातो सारी, रातो चुरापोते लगाएर मेलिनाले पनि भिडियोमा साथीहरुसंग नाचगान गरेकी छिन् ।

उनको स्वर जति मीठो छ,भिडियो हेर्दा मेलिनाको सौन्दर्य मैहूँ भन्ने मोडल नायिकालाई समेत माथ खुवाउँने खालको देखिन्छ ।

Comments

comments