काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान बिनोद दासलाई, नेपाल क्रिकेट संघ क्यानले सम्मान गरेको छ । नेपाली क्रिकेटमा बिनोदले पु¥याएको योगदानको कदर स्वरुप कार प्रदान गर्दै सम्मान गरिएको हो ।

केही महिना अघि सक्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका बिनोदलाई प्रदान गरिएको कारको सरकारले कर छुट गरिदिएको थियो । बिनोदलाइ सम्मान स्वरुप दिएको सुजुकी सियाजमा लाग्ने २० लाख २६ हजार कर सरकारले मिनाह गरेको हो भने सुजुकी कम्पनीले ३ लाख ९९ हजार सहयोग गरेको हो । पांच लाख क्यानले प्रदान गरेको हो । नेपाली क्रिकेटलाइ अहिलेको अवस्था सम्म ल्याइपु¥याउन महत्वपुर्ण भुमिका खेलेका बिनोद सन्यास पछि कारबाट सम्मानित हुने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । आउदा पुस्ताका लागि क्रिकेटमा लाग्ने प्रेरणा मिलोस भन्ने उदेश्यले कार पुरस्कारबाट आफ्नो बिदाइ होस भन्ने बिनोदले चाहेका थिए । बिनोदको प्रस्तावलाइ सरकार, क्यान र सुजुकी कम्पनीले सहर्ष स्वीकार गर्दै  क्रिकेट खेलेर पनि सम्मानित र सफल खेलाडी बन्न सकिन्छ भन्ने सकारात्मक संदेश प्रवाह गरेको छ । बाराको कैलालीमा सामान्य परिवारमा जन्मिएका बिनोदले आफ्ना माता पितालाइ समाजमा सम्मानित स्थान दिलाउने एउटै मात्र सपना देखेका थिए । भावुक हुदै बिनोदले आज त्यो सपना पुरा गरेकोमा गर्व लागेको बताए ।

आफुले मागेरै भएपनि  कार पाएकोमा खुशी ब्यक्त गर्दै यसले नेपाली क्रिकेटमा नयाँ सुरुवात गरेको बिनोदको भनाइ थियो । आफुलाइ क्रिकेटले सबथोक दिएको भन्दै यसबाट कहिल्यै पनि टाढा नहुने भन्दै विनोद भावनामा बगे । बिनोदलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कारको सांचो हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काले पहिलेको भन्दा नेपालको क्रिकेट धेरै अघि बढेको र यसको श्रेय बिनोद दासलाइ जाने धारणा राखे । बिनोद मात्र नभएर नेपाली क्रिकेटको जग बसाउन अतलुनीय मेहनत गर्ने अन्य खेलाडीहरुको पनि सम्मानको हकदार भएको कप्तान पारसको भनाइ थियो ।

Please follow and like us:

Comments