काठमाडौँ । संविधानसभाको बैठक आज साँझ बस्दैछ । व्यवस्थापिका संसदको हिजोको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आज साँझ ५ बजेका लागि बैठक बस्ने जानकारी गराउनु भएको हो ।

साउन १४ देखि १७ गतेसम्मको समय दिएर संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव समेटेर प्रतिवेदन बुझाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई निर्देशन दिएको थियो ।

संविधानसभाको निर्देशन अर्थात दिइएको समय सकिएको ४ दिनपछि संविधानसभाको बैठक बोलाइएको हो । सभाध्यक्ष नेम्वाङले दलहरुसँगको परामर्शमा आजको बैठक बोलाउनु भएको संविधानसभाका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

Comments