एजेन्सी । आउँदो दिनमा रोबोटसँग पनि सेक्स गर्न सकिने एक अनुसन्धानले बताएको छ । अंग्रेजी वेबसाइट मिररको एक रिपोर्ट अनुसार लगभग ५० वर्षपछि अर्थात सन् २०७० तिर यस्तो सम्भव हुने बताइएको छ ।

विशेषज्ञ डा हेलेन ड्रिसकलको भनाई अनुसार टेक्नोलोजीमा जुन विकाश भइरहेको छ त्यसको आधारमा अबको समयमा मानिस र रोबोटको सम्बन्ध पूर्ण रुपले परिवर्तन हुनेछ ।

जुन प्रकारले मानिसको झुकाव प्रविधितिर बढिरहेको छ,त्यसले यहि बताउँछ कि आउँदो समयमा मानिसहरु रोबोटसँग शारिरिक सम्बन्ध बनाउन सजिलो हुने डाक्टर हेलेन बताउँछिन्। उनी भन्छिन्, ‘रोबोटतर्फ आकर्षित हुनेलाई रोबोफिलिया भनिन्छ । हुन त यो शब्द सुन्दा अहिले अचम्म लाग्ला तर अबको करिब ५० वर्षपछि यो वास्तविक हुनेछ । ’

यस्ता रोबोट त्यस्ता व्यक्तिलाई काम लाग्छ जसको साथीको मृत्यु भइसकेको छ अथवा एक्लै बस्छन् किनभने कोही पनि नहुनुभन्दा रोबोट साथी  हुन राम्रो हुने डाक्टर बताउँछन् ।

एक रिपोर्टका अनुसार जापानमा त अहिले नै थुप्रै मानिसहरुले सेक्स गर्न बन्द गरिसकेका छन् अथवा उनीहरुको सेक्सप्रतिको रुची खत्तम भइसकेको छ । उनीहरु आफ्नो धेरैभन्दा धेरै समय मसिनसँग र भर्चुअल रिलेसनसिपमा बिताउन चाहेकाे थुप्रै अनुसन्धानले बताएको छ ।

Comments

comments