मेलबर्न । इङल्याण्डका स्टुवार्ड ब्रोड एक्लैले ८ विकेट लिएपछि एसेज सिरिजको चौथो टेस्टको पहिलो खेलमा अस्ट्रेलिया ६० रनमा अल आउट भएको छ । ब्रोडले ९ दशमलब ३ ओभरमा मात्र १५ रन खर्चिएर ८ विकेट चड्काएपछि अस्ट्रेलिया लज्जास्पद स्कोरमा समेटिएको हो ।

टेस्टको इतिहासमै यो अहिले सम्मकै छोटो पारी हो  । नटिङघममा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सवैभन्दा धेरै मिचेल जोनसोनले १३ रन बनाएका थिए भने माइकल क्लार्कले दश रन बनाए । अस्ट्रेलियाका क्रिस रोजर्स, डेविड वार्नर र शेन मार्स शुन्य रनमा पेभेलियन फर्किए । जेम्स एण्डरसनको अनुपस्थितिमा तीव्र गतिका बलर ब्रोडले इङल्याण्डको कमाण्ड सम्हाल्दै पहिलो ओभरमै दुइ विकेट लिए । रोजर्सलाइ आउट गरे संगै ब्रोडले टेस्ट क्रिकेटमा आफ्नो तीन सय विकेट पनि पुरा गरे ।

टेस्टको सुरुवाती पारीमा गरिएको यो अहिले सम्मकै उत्कृष्ट बलिङ हो । यसअघि ग्लेन म्याग्राले सन १९९७ मा ३८ रन खर्चिएर ८ विकेट लिएका थिए । ६० रन टेस्ट क्रिकेटको सातौ कम रन हो भने ७९ बर्षको अवधिमा अष्ट्रलेयिाले दोस्रो पटक यति थोरै रन बनाएको हो । अस्ट्रेलियाले १४ रन अतिरिक्त पाएको थियो ।

एसेज सिरिजमा अतिरिक्त रन टिमकै उच्च स्कोर बनेको पनि यो पहिलो पटक हो । एसेसमा अस्ट्रेलियाले ७५ बर्षपछि २१ वा सो भन्दा कम रन बनाउन  पहिलो पटक ५ विकेट गुमाएको हो । एसेज सिरिजमा इङल्याण्ड दुइ एकले अघि रहेको छ ।

Please follow and like us:

Comments