काठमाडौँ । महँगो मोबाईल बोक्दा सिन्धुपाल्चोकमा एक जनाको ज्यान गएको छ  । निर्घात कुटपिटमा परेका एक युवकको  मृत्यु भएको हो ।

थाङपालधाप ३ का एक युवकलाई कुटपिट गरी नजिकैको गुठे भीरबाट २ सय मिटर तल फालिएको अवस्थामा शव फेला परेको छ । हत्या गरी भीरबाट फालिएको अवस्थामा  स्थानीय भूपेन्द्र चपागाईँको शव फेला परेको हो ।

प्रहरीले घटनामा सम्लग्न भउको भन्दै नीरबहादुर पाख्रिन र अन्य ३ जना समातेको छ । भूपेन्द्रसँग महँगो मोबाइल भएको र त्यो लुट्न उनको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

Comments

comments