काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको विहीवार हुने भनिएको चुनाव अनिश्चित बनेको छ ।

चुनाव रोक्न पुनरावेदन अदालत पाटनले हिजो निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरे पछि चुनाव अनिश्चित बनेको हो । तर साधारणसभा भने विहीवार नै  हुँदैछ । साधारणसभाले नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्नेछ ।

हिजो दुवै पक्षसँगको छलफलपछि पुनरावेदन अदालतका न्यायाधिश मोहनबहादुर कार्कीको इजलासले निवेदकहरुलाई सामेल नगराई निर्वाचन नगर्नु भन्ने आदेश दिएको हो । आदेशपछि ओलम्पिकको साधारणसभा फेरि विवादित बनेको छ ।

Comments

comments