ओम ढुंगेल, अध्यक्ष, एसोसिएसन अफ् भुटनिज, अष्ट्रेलिया

नेपालमा रहेका भूटानी शरणार्थीहरू मध्ये अष्ट्रेलियामा पाँच हजार पाँच सयको हाराहारीमा पुनस्र्थापित भइसकेका छन् । अझै केही संख्या पुनस्र्थापित हुने तयारीमा छन् । सिड्नीमा हामी पाँच सयको हाराहारीमा छौँ । त्यसमध्ये अल्बरी र एडिलेडमा केही बसाईं सर्नु भएको छ । सुरूमा अष्ट्रेलियामा पाँच हजार पुनस्र्थापित गराउने कुरा भएता पनि अष्ट्रेलियामा सेटलमेन्ट राम्रो भएकाले यहाँ पुनस्र्थापित हुनेहरूको संख्यामा केही बढोत्तरी आएको हो ।

यहाँ जुनमा रेफ्यूजी सेलिव्रेसन मनाइन्छ । यसपालिको मूल थीम नै भुटनिज सेटलमेन्ट सेलिव्रेसनसँग अन्तरसम्बन्धित थियो । क्यानवेरामा भव्य कार्यक्रमकाबीच अष्ट्रेलियन मन्त्रीको उपस्थितिमा सो दिवश मनाउने कार्य भयो ।

कार्यक्रममा अष्ट्रेलियामा भुटानी शरणार्थीको पुनस्र्थापना निकै राम्रो भएका सन्देश मन्त्रीले दिनु भएको थियो । पुनस्र्थापित भुटानी शरणार्थीहरूको संख्या सानो भएपनि यसले यहाँ निकै राम्रो प्रभाव पारेको छ ।

हामी मोरङ र झापामा गरी ६ वटा शिविरमा थियौ । विभिन्न पाँचवटा देशमा एक लाख शरणर्थी पुनस्र्थापित हुँदैछन् । अष्ट्रेलियामा पुनस्र्थापितहरूको सारक्षता स्तर राम्रो नभएपनि यहाँ अंग्रेजी सिकेर, ड्राइभिङ सिकेर रोजगारीमा आवद्ध हुने र आफूलाई उपार्जनसँग जोड्ने काममा लागि सकेका छन् । सिड्नीमा रहेका ३० प्रतिशत मानिसहरूले त यस्तो महंगो ठाउँमा पनि घर किनिसके छन् । उहाँहरू आफ्नो जीवनमा फर्किइसक्नु भएको छ भन्दा हुन्छ ।

नेपाली मूलका भएकाले हामीलाई नेपाली भाषाप्रति गर्व लाग्छ । हामीले भुटानमा छँदा नेपाली भाषा पढ्न पाएनौँ । तर, नेपालमा आएपछि शिवीरमा हाम्रा बालबच्चाहरूे नेपाली भाषाहरू पढ्ने र सिक्ने अवसर पाए । त्यसलाई हामीले अष्ट्रेलियामा आएर पनि निरन्तरता दिएका छौँ । केही दिन अगाडि मात्रै पनि हामीले अष्ट्रेलियामा भानू जयन्ती मनायौँ । आफ्नो भाषा प्यारो चिज हो । यसको बचावटका लागि हामीले अष्ट्रेलियामा पनि लागि परेका छौँ ।

नेपाली मूलका भएकाले हामीलाई नेपाली भाषाप्रति गर्व लाग्छ । हामीले भुटानमा छँदा नेपाली भाषा पढ्न पाएनौँ । तर, नेपालमा आएपछि शिवीरमा हाम्रा बालबच्चाहरूे नेपाली भाषाहरू पढ्ने र सिक्ने अवसर पाए । त्यसलाई हामीले अष्ट्रेलियामा आएर पनि निरन्तरता दिएका छौँ ।

हाम्रा तलका पुस्ताहरूमा यसबाट भाषाको राम्रो विकास भइसकेको छ । अस्ति म अल्वरीमा जाँदा त्यहाँका एकजना दुर्गा रिमाल भाइले गजलको किताब नै निकाल्नु भएको रहेछ । पहिला गुमाएकाले अहिले हामीलाई त्यो प्रिय भएको छ । अर्को कुरा हाम्रा बाबाआमाहरू जीवित भएकाले पनि भाषाको प्रवद्र्धन गर्न निकै सहज भएको छ ।

भुगोल परिवर्तन भएकाले बाबाआमालाई अफ्ठ्यारो नहोस् भनेर हामीले आइसोलेट गरेका छैनौँ । सामूहिक रूपमा पाठपूजा अन्य विभिन्न गतिविधिमा सरिक गराएका छौँ । अरू कम्युनिटीसँग पनि घुलमिल गराउने प्रयत्न गराइरहेका छौँ ।

अन्त्यमा, अष्ट्रेलिया सरकारलाई हामीले धन्यवाद दिनै पर्दछ । पुनस्र्थापित गराएन नयाँ जीवनको थालनी गरिदिएकोमा । अर्को हामीले नेपाल पनि विर्सनु हुँदैन । आफैँ अफ्ठ्यारो परिस्थितिको सामना गरिरहँदा पनि १५ वर्ष हामीलाई आश्रय दिनु चानचुने कुरा होइन । नेपालले दुःखमा परेको बखत हामीलाई सेल्टर दिएको छ ।

हामीलाई आश्रय दिएर अष्ट्रेलियाले दायित्व पूरा गर्यो । अव हाम्रो कर्तव्य सुरू भएको छ ।

असनेपालबाट साभार

Comments

comments