काठमाडौं । न्युजिल्यान्डमा भएको आगलागीमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । न्युजिल्यान्डको वाइमेट जिल्लास्थित एक घरमा आगलागी हुँदा त्यहाँ बसेका तेज काफ्ले, उनकी पत्नी टीका र छोरा प्रेमको मृत्यु भएको रेडियो न्युजिल्यान्डले जनाएको छ ।

काफ्ले परिवारले सोही घरको तल्लोतलामा रेस्टुरेन्ट चलाउँदै आएका थिए । आगलागी भएको घरबाट काफ्लेका तीन छोरी भने बाहिर निस्कन सफल भएका थिए ।

सन् २००५ मा न्युजिल्यान्ड पुगेका तेजले स्थायी बसोबासको अनुमति पाएपछि २०१३ मा परिवारसहित उता लागेको बताइएको छ । क्राइस्टचर्चबाट १८ महिनाअघि सो स्थानमा पगेका उनी एभरेस्ट इन्डियन रेस्टुरेन्ट चलाउँदै आएका थिए ।

Comments

comments