काठमाडौं । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिकासंसदको वैठक वहिष्कार गरेको छ । सोमबार बसेको बैठकमा  विनियोजन विधेयक २०७२ माथि छलफलकालागि तोकिएको कार्य तालिका अपाङ्ग र अधुरो रहेको आरोप लगाउदै एकीकृत माओवादीका सासदहरुले वैठक बहिष्कारको घोषणा गरेको हो ।

एकीकृत नेकपा माओवादीका सासदहरु वैठक छोडेर वाहिर गएसगै सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि वैठक सुचारु हुन नसक्ने भन्दै वैठक मंगलबार सम्मका लागि स्थागित गरेको घोषणा गर्नुभएको थियो । व्यवस्थापिका संसद वैठकमा अर्थमन्त्री डा. रामशरण महतले विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि बजेटमाथिको सैदान्तिक छलफल शुरु भएकोमा एकीकृत  माओवादीको वहिस्कारसगै बैठक स्थगित भएको हो । वैठकका लागि तय गरिएको कार्यसूची अनुसार वजेट माथिको सैद्धान्तिक  छलफलमा भाग लिदै एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बजेट निर्माण प्रकृयामा शान्ति प्रकृयाको पाटोलाई विर्सन नहुने चेतावनी दिनुभयो । भूकम्पपछिको अवस्थामा देशलाई हाक्नलाई एकताबद्ध हुन आवश्यक रहेकोमा सरकारले त्यसलाई वेवास्ता गरेर बजेट बनाएको भनी आक्रोश व्यक्त गर्दै  बजेटमाथिको छलफलमा भाग नलिने घोषणाका साथ बैठकबाट बाहिरिन लागेको जानकारी दिनुभयो ।

यस अघि छलफलमा भाग लिदै नेकपा एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डेले बजेट असन्तुलित मात्रै नभई सरकार आफैले बनाएको सिद्धान्तलाई समेत उल्लंघन गरेको बताउनुभयो ।

सासद विकास लम्सालले बजेटलाई राम्ररी विश्लेषण गर्ने हो भने सामान्तवादको अवशेष देखिने धारणा राख्नुभयो । सासद रामहरि सुवेदीले आम जनता, नगर, जिल्लाबाट सिफारिश भएको आयोजनालाई पन्छाएर प्रभाव र पहँुचका आधारमा बजेट ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको आरोप लगाउनुभयो । व्यवस्थापिका– संसदको अर्काे वैठक  मङगलवार दिनको १ बजे बस्ने छ ।

Please follow and like us:

Comments