एजेन्सी । हामी सबैलाई फाइभ स्टार होटल,फाइभ स्टार स्कूल र फाइभ स्टार अस्पतालका बारेमा त थाहै छ । तर फाइभ स्टार जेलको बारेमा भने कमैलाई मात्र थाहा होला । त्यसैले आज संसारकै एक मात्र फाइभ स्टार जेलका बारेमा केही चर्चा गर्दैछौं । यो फाइभ स्टार जेल अष्ट्रियामा अवस्थित छ ।

‘जस्टिस सेंटर लियोबेन’ नाम दिइएको यो जेललाई चर्चित  आर्किटेक्ट जोसेफ होहेंसिन्नले डिजÞाइन गरेका हुन् । अष्ट्रियाको पहाडी क्षेत्र लियोबेनमा रहेको यो जेलको निर्माण सन् २००५ मा गरिएको थियो ।

jail 3यो फाइभ स्टार जेलमा २०५ जना कैदी बस्न मिल्ने क्षमता छ । यो जेलमा कैदीहरुका लागि आवश्यक ती सबै सुविधाहरु उपलब्ध छन्,जुन समयको मागका रुपमा रहेका छन् । जस्तो  स्पा, जीम, विभिन्न प्रकारका इन्डोर गेम तथा व्यक्तिगत रुचीका थुप्रै सेवा र सुविधाहरु यहाँ उपलब्ध छन् ।

jail 5अर्को रोचक कुरा यहाँ बस्ने कैदीहरुलाई थुनुवाका रुपमा बस्नुपर्ने वाध्यता छैन । किनभने यहाँ व्यक्तिको स्वतन्त्र अधिकारलाई निकै सम्मान गरिन्छ । त्यसैले यहाँका कैदीहरुलाई १३ जनासम्म एकै ठाउँमा जम्मा भएर बस्न छुट छ । अर्थात यहाँ कुनै गेम खेल्न साथी मात्र होइन दर्शक समेत उपलब्ध हुन सक्नेछ ।

jail 6यस्तै आफ्नो कोठा अर्थात सेल अरुसँग शेयर पनि गर्न सकिन्छ । यहाँका कैदीहरुलाई राख्ने सेल अर्थात कोठा पनि अरु भन्दा निकै भिन्न छ । प्रत्येक सेलमा बाथरुम,एउटा किचन,टिभी सहितको वैठक कोठाको समेत व्यवस्था छ । छुटाउँनै नमिल्ने कुरा के हो भने कैदीहरुलाई आफूलाई भेट्न आउँने आफ्नो श्रीमति वा गर्ल फ्रेण्डसँग सेक्स गर्न छुट समेत छ । तर त्यसको सीमा र शर्त भने छन् । कोठामा एउटा फुल साइजको झ्यालयुक्त कौशी पनि रहेका छन् । उक्त बाल्कोनीबाट बाहिरका दृश्यहरु सजिलै देख्न सकिन्छ ।

jail 7कैदीहरुलाई जेलको परिषरभित्र जहाँसुकै घुम्न छुट छ । त्यसैले साँझ र विहान घुम्न निस्कने कैदीहरुको उल्लेख्य संख्या हुने गरेका छन् ।

स्वतन्त्रता यो फाइभ स्टार जेलको पहिलो उदेश्य हो । त्यसैले जेलको परिषरमा दुई वटा ठूला ठूला शिलालेखहरु राखिएका छन् । त्यसमा लेखिएको छ–सबै मान्छे स्वतन्त्र जन्मन्छन् । ती सबैको बराबर सम्मान र जिउँने अधिकार हुन्छन् ।
त्यस्तै अर्कोमा लेखिएको छ– प्रत्येक व्यक्ति जो आफ्नो स्वतन्त्रताबाट बञ्चित छन्,उनीहरुसँग पनि जन्मजात गौरव र सम्मानका साथ व्यवहार गरिनुपर्दछ ।

Comments

comments