काठमाडौं । प्रदेशको सीमाकंन लगायत विषयमा विवाद बढेपछि संविधानको मस्यौदामा जनताको सुझावबारे सहमति निर्माण गर्ने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आइतबारसम्मको समयसीमा व्यर्थै भएको छ ।

त्यतिमात्र नभई समितिको बैठक अनिश्चितकालका लागि स्थगित हुन पुगेकाले दलहरुले संविधान जारी गर्न घोषणा गरेको कार्यतालिका (साउन मसान्त) नै अन्यौलमा परेको छ ।

प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिमा सीमाकंनसहितको संविधान जारी गर्ने सैद्धान्तिक सहमति जुटेको दाबी गर्दै संवाद समितिका सभापति बाबुराम भट्टराईले त्यससम्बन्धी विस्तृत सहमतिका लागि थप समय आवश्यक भन्दै संवाद समिति

अनिश्चितकालका लागि स्थगित गरेका हुन् । त्यसप्रति असन्तुष्ट एमाले नेताहरुले विवादित विषयलाई समेतल संविधानसभामा लैजाने गरी सभाध्यक्षलाई प्रतिवेदन बुझाउन दबाब दिएका छन् ।

Please follow and like us:

Comments