काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मटितेलसँगै खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमले नया मुल्य आईतवारवाटै लागू हुने जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ । मूय घटाएपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ डिजेल र मट्टितेलको मूल्य भने ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तराषर््िट्रय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १ हजार तीन सय पैत्तीस डलरमा झरेको छ ।

निगमले पहिलो पटक खाना पकाउने पकाउने ग्याँसमा प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएको छ । अब खाना पकाउँने ग्याँसको मूल्य १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

निगमले गत बर्षदेखि पेट्रोलियम पदार्थको मूल्य अन्र्तराष्ट्रिय मूल्य अनुसार समायोजन गर्दै आएको छ । चरम घाटामा पुगेको निगमले मुल्य समायोजन गर्न शुरु गरेपद्धि खाना बनाउने ग्याँसमा वाहेक सवै पेट्रोलियम पदार्थमा नाफा आर्जन गर्न थालेको हो ।

आईतवार घटेको मूल्यलाई पनि निगमले पेट्रोलियम पदार्थको अन्र्तराष्ट्रिय मुल्यमा आएको गिरावटका कारण मुल्य समायोजन गरेको वताएको छ ।

Comments

comments