काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएसँगै व्यवसायीहरुले सुनको कृत्रिम अभाव सिर्जना गरेका छन् । सुनको मूल्य ४ वर्ष यताकै सवैभन्दा सस्तो मूल्य कायम भएपछि बढी नाफा कमाउने उदेश्यले ब्यापारीहरुले सुनको कृत्रिम अभाव गराएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटे लगतै नेपाली बजारमा पनि सुनको मूल्य सस्तो भएको छ । तर उपभोक्ताहरुले सस्तिएको सुन किन्न भने पाएका छैनन् । बजारमा अभाव भएको कारण देखाउँदै ब्यवसायीहरुले सुनको अर्डर लिन नमानेको उपभोतmाको गुनासो छ ।

नेपाली बजारमा सुनको मूल्य चार बर्ष पछिकै सबैभन्दा सस्तो भई बिहीवार प्रति तोला ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटे पनि नेपालका ग्राहकले भने पूरानै मुल्यमा कारोबार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । व्यापारीहरुले सुन लुकाउँन थालेपछि बजारबमा सुनको अभाव देखिन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । उता, सरकारले पनि सुनको भन्सार दरमा एक हजार रुपैयाँले घटाएको छ ।  जसको असर नेपाली सुन बजारमा देखा परेको छ ।  अन्तर्राष्ट्रिय बजार भाउ र भन्सार दर एकैपटक घट्दा सुनको भाउ ओरालो लागेको जानकारहरुले बताएका छन् ।

थोरै भए पनि सस्तिएको मैकामा सुनको जोहो गर्न भनी सुन किन्ने मनस्थिति बनाएका उपभोक्ताहरु यतिखेर बजारमा देखिएको सुनको अभावसंगै चिन्तित बनेका छन् । यति मात्र होइन, सुनको आवश्यकता नै भएर किन्न खोज्नेहरुले घण्टौ सुन पसल चहार्दा पनि सुन नपाएको गुनासो गरेका छन् ।

Comments

comments