एजेन्सी । एक सिरियन युवतीलाई फेसबुक चलाएको आरोपमा ढुंगाले हानेर मारिएको छ ।

सिरियास्थित शरिया अदालतले फतोम अल जासिम नामकी युवतीलाई फेसबुक एकाउन्ट बनाएको अर्थात् सामाजिक सञ्जालको सदस्य बनेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

इस्लामिक स्टेट अफ इराक तथा सिरियाले उनलाई अदालत पुर्याएका थिए । आइएसआइएसकै मातहतमा रहेको अदातले सामाजिक संजालको सदस्य बन्ने जोसुकैलाई यसैगरी सजाय दिने बताएको छ ।

अदालतको फैसलापछि ती युवतीलाई ढुंगाले हानेर विभत्स तरिकाले मारिएको थियो ।

Comments

comments