काठमाडौं । यतिखेर नेपाली सञ्चारमाध्यमहरु खुकुरी आतंकबाट त्रस्त बनेको छ । आफ्नै कार्यालयमा एक जत्था ग्याङ बोकेर खुकुरी प्रदर्शन गर्न आएपछि ती मडियाहरुमा कार्यरत सञ्चारकर्मीहरु पनि त्रस्त बनेका छन् । आङकाजी शेर्पा मिडियाहरुलाई खुकुरी देखाएर आतंकित पार्ने ग्याङका नेता बनेका छन् ।

आदिवासी जनजाति अधिकारकर्मीहरुको मञ्च भनिएको उक्त समूहले आदिवासी जनजातिहरुले उठाउदै आएका मुद्दालाई सञ्चार माध्यामहरुले वेवास्ता गरेको भन्दै खुकुरी बुझाउँने अभियान शुरु गरेका हुन् । अहिलेको संवेदनशील समयमा आफूहरुका महत्वपूर्ण मुद्दाहरुलाई स्थान दिन उनीहरुले नेपाली सञ्चार माध्यमहरुलाई आग्रह समेत गरेका छन् ।
मञ्चको तर्फवाट विहीवार न्यूज २४ टेलिभिजनलाई साकेंतिक चेतावनी स्वरुप खुकुरीको डमी प्रस्तुत गरे । त्यसक्रममा नेपालको राजनीतिक परिवर्तनमा नेपालका सञ्चार माध्यामहरुले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको भन्दै आदिवासी जनजातिहरुले उठाएका मुद्दाहरुलाई पनि यथोचित  स्थान दिन उनीहरुको आग्रह थियो । मञ्चका तर्फवाट धारणा राख्दै आदिवासी जनजाति नेता आङ्गकाजी शेर्पाले हरेक मुद्दालाई उचाईमा पु¥याउन कलमको ठूलो हात हुने भएकोले आफूहरुको मुद्दालाई पनि कलमले सम्मान गर्नुपर्ने धारणा राखे ।

आदिवासी जनजातिका मुद्दाहरुप्रति नेपाली ठूला मिडियाहरु अलि असहयोगी भएको स्वीकार गर्न सकिए पनि आङ्काजीहरुको पछिल्लो कदमले अझ वातावरण विग्रिने स्वयम् जनजाति नेताहरुको भनाइ छ । ‘अहिलेको लोकतान्त्रिक युगमा आफ्ना कुरा सुनाउँन कसैलाई जबर्जस्ती गरेर हुँदैन,एक नेता भन्छन्–’त्यसले त उल्टै दुरी बढाउँछ ।’ यसरी मिडियाहरुमा सोझै गएर सांकेतिक रुपमै भए पनि हतियार प्रदर्शन गरेर मानसिक रुपमा दबाब दिनु पनि कानुनतः दण्डनीय रहेको उनले बताए ।

केही नेताहरुको यस्तै मूर्खतपूर्ण प्रदर्शनले आदिवासी जनजातिका मुद्दाहरु कमजोर बन्दै गएको अर्का एक नेताले बताए ।

Comments

comments