काठमाडौँ  । वीरगन्जको एक प्रतिष्ठित व्यवसायीका छोराले झुटो मायाजालमा एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति गुमाएका छन् ।  वीरगन्ज १५ मुर्ली निवासी पेट्रोलियम व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाशले मायाप्रेमको चक्करमा परेर यति ठूलो सम्पत्ति गुमाएका हुन् ।

आफ्नो सर्वस्व नै ठानेर एक करोड ६ लाख रुपैयाँ खर्च गरेकी प्रेमिका अर्कैकी पत्नी भएको रहस्य खुलेपछि आकाश अहिले घरको न घाटको भएका छन् । चार वर्षदेखिको प्रेमसम्बन्ध साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिका दाहाललाई बिहे गर्न भन्दै दुई महिनाअघि जेठ १० गते विरगन्ज बोलाए ।

युरिका काठमाडौँबाट वीरगन्ज त आइन् तर उनले आफू अर्केकी पत्नी भएको र बिहे नगर्ने बताएपछि आकाश छाँगाबाट खसेझैँ खङ्ग्रङ्ङ भए । आकाशले अविवाहित ठानिएकी प्रेमिका विवाहित पाएपछि युरिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दामा उजुरी दिएका छन् ।

Comments

comments