एजेन्सी । सन् १९९३ मा भारतको मुम्बइमा भएको बम आक्रमणका दोषी याकुब मेमनलाई मृत्युदण्ड दिइएको छ । मेमनलाई बिहीबार बिहान नागपुर केन्द्रीय जेलमा मृत्युदण्ड दिइएको हो ।

मेमनले मृत्युदण्डको सजाय रद्द गर्न राष्ट्रपति प्रणव मुखर्जी समक्ष गरेको अपिल अस्विकार गरेपछि मेमनलाई बिहान नागपुर जेलमा फासी दिइएको हो । सन् १९९३ को मार्च १२ मा भएको शृंखलाबद्ध बम आक्रमणमा परी ३ सय ५० भन्दा धेरैको ज्यान गएको छ ।

Comments