मेलबर्न । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संघीयताको छिनोफानो गरेर मात्र संविधान जारी गर्नुपर्ने बताउँनुभएको छ ।

एनआरएन भिक्टोरियाले बुधवार मेलबर्नमा आयोजना गरेको अन्तक्र्रिया तथा रात्री भोज कार्यक्रममा काँग्रेस सभासद समेत रहनुभएका कोइरालाले संघीयता विनाको संविधान अधुरो हुने बताउँनुभएको हो । अधुरो संविधान जारी भए फेरि पनि मुलुकमा द्धन्द्ध बढ्ने उहाँको चेतावनी छ । उक्त अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले नेपालको संविधान लेखन र मस्यौदाका बारेमा आ आफ्ना जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा नेविसंघका पूर्व सभापति गोविन्द भट्टराई र गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले पनि अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

Comments

comments