काठमाडौं । संविधानसभाको बुधवारको वैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिको प्रतिवेदनमाथिको छलफल शुरु भएको छ ।

आजै छलफल सकेर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने तयारी भएको छ ।

चार मधेस केन्द्रित दलले भने प्रतिवेदनमाथिको छलफललाई नाटक भन्दै बहिष्कार गरेका छन् । संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीले भने संविधानसभा बहिष्कार गरेका छन् ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष भीम रावलले जनताको सुझावलाई सम्बोधन गर्दै चाँडो संविधान जारी गर्नुपर्ने बताउँनुभयो ।  । एकीकृत माओवादी सभासद राम कार्कीले नेपाल बाहिर शरणार्थीको रुपमा रहेका नेपालीलाई दश वर्षमा रिन्यू गर्ने गरी विषेश परिचय पत्रको व्यवस्था गर्न माग गर्नुभयो ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र देवले अन्तरिम संविधानमा भएजस्तै नागरिकताको व्यावस्था गर्न माग गर्नुभयो ।

Comments

comments