काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले सार्वभौमसत्ता माथिको चलखेल, राजनीति किचलोको अन्त्य, धार्मिक सहिष्णुता कायम राख्न तथा  भ्रष्टचारमुक्त शासन व्यवस्था कायम राख्न सरकारको ध्यानार्कषण गराएका छन ।

मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले बैठक प्ररारम्भ गरे लगत्तै सांसदहरुले यस्तो ध्यानाकर्षण गराएका हुन । बैठकमा कांग्रेस सांसद रामअयोध्या प्रसाद यादवले तराइका विभिन्न जिल्लालाई सुख्खा क्षेत्रको घोषणा गर्न माग गर्दै किसानलाई राहतको व्यबस्था गर्न सरकारसंग आग्रह गर्नुृभयो  ।

त्यस्तै एमाले सांसद प्रकाशज्वालाले धर्मका नाममा कसैले पनि राष्ट्र टुक्राउने अभिव्यक्ति दिन नमिल्ने बताउनुभयो ।  सांसद् रामनारायण विडारीले भूकम्प पीडितको पुर्नास्थापनाका लागि सरकारले चासो नदेखाएको आरोप लगाउनुभयो । सांसद् रामकुमार सुव्वाले पूर्वाञ्चलको इटहरी चोकमा प्रहरीले जनतालाई निर्ममता पूर्वक  दिएको यातना सम्वन्धमा सत्य तथ्य बुझि दोशी माथि कारवाहीको गर्न सरकारसंग माग गर्नुभयो । सासद् अशोक राईले झापाको लखनपुर स्थित रङ्गाशालाको  नाम मेटाएर सरकारले मदन भण्डारी रङ्गशाला नामकरण गरेकोमा खेद प्रकट गर्नुभयो ।

त्यसैगरी, सासद् रामहरी सुवेदी, रामहरी खतिवडा, तुलसा राण, हरिचरण साह, डिम्पल झा र  लोकमणी ढकाल लगायतले विभिन्न जात जाति, धर्म सम्प्रदायका नाममा कोही कसैले कोही कसैमाथि आरोप प्रत्यारोप लगाउन नहुने बताउनुभएको थियो ।

Please follow and like us:

Comments