काठमाडौं । संविधानका प्रारम्भीक  मस्यौदा माथि जनताको  सुझाव सहितको प्रतिवेदन नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई  प्रतिवेदन बुझाए पछि मंगलबार संविधानसभाको बैठक बोलाइएको छ ।

गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको संविधानसभाको बैठक यही साउन १२ गते मङ्गलबार साँझ ५ बजेका लागि बोलाइएको छ । व्यवस्थापिका संसद्को सोमबारको बैठकको अन्त्यमा सभामुख सुवास नेम्वाङले मङ्गलबार्का लागि संविधानसभा बैठक बोलाइएको जानकारी दिनुभएको हो ।

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा जनमत सङ्कलन गर्न संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो ।

Comments

comments