काठमाडौं । हरेक वर्ष नेपाली गीत संगीत क्षेत्रका व्यक्तित्वहरुका लागि दिइदै आएको प्रतिष्ठित छिन्नलता गीत पुरस्कार वितरण यस वर्ष भूकम्पका कारण प्रभावित भएको छ ।

स्वर्गीय गीतकार रमोलादेवी शाह छिन्नलताको स्मरणमा स्थापित छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष पुरस्कार दिइदै आएको छ । तर यस वर्ष भने भूकम्पका कारण गुठीका सदस्यहरु समेत प्रभावित भएकोले पुरस्कार वितरणका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ भएको गुठीले जनाएको छ । गुठीका तर्फबाट जारी गरिएको सार्वजनिक विज्ञप्तिमा स्थिति केही सहज हुने वित्तिकै स्थगित पुरस्कार पुनः वितरण गरिने उल्लेख छ ।

गुठीले हरेक वर्ष साउन ११ गते यो पुरस्कार वितरण गर्दै आएको थियो ।

Comments

comments