काठमाडौँ । आज हरिशयनी एकादशी । हिन्दू धर्म अनुसार आजको दिन घर आँगन रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोप्ने गरिन्छ । एक महिना अघि विजारोपण गरिएको तुलसीलाई आजको दिन रोप्ने गरिन्छ ।

तुलसीलाई भगवान विष्णुको स्वरुप मान्ने गरिन्छ। चार महिनाको चतुर्मासपछि हरिवोधनी एकादशीको दिन तुलसीको पूजाआजा गरि विदा गरिन्छ। चतुर्मास भरि भगवान नारायण धर्तीमा शयन मुद्रामा रहने विश्वासका साथ तुलसीको पूजा गरिन्छ। हरिशयनी एकादशीबाट शयन मुद्रामा भएका नारायण भगवान हरिवोधनी एकादशीका दिन वैकुण्ठ प्रस्थान गर्ने विश्वास हिन्दु धर्मावलम्वीहरुमा रहेको छ ।

तुलसीलाई धार्मिक हिसाबले महत्वपूर्ण वनस्पतिको रुपमा लिने गरिन्छ । तुलसी धार्मिक मात्र नभई वैज्ञानिक तथा औषधीय हिसाबले पनि उपयोगी वनस्पति हो ।

Comments

comments