काठमाडौँ । डा. गोविन्द केसीले सरकारलाई पुन: अल्टिमेटम दिनुभएको छ ।

चिकित्सा शिक्षा नीति कार्यदलले दिएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.  केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिनुभएको हो ।

चिकित्सा शिक्षा नीतिसम्बन्धी कार्यदल बनाएर प्रतिवेदन कार्यान्वयन गर्ने सहमति गरे पनि सरकारले प्रतिवेदनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा चासो नदेखाएको भन्दै केसीले अल्टिमेटम दिनुभएको हो ।

कार्यदलले प्रतिवेदन बुझाएको महिना दिन पुग्न लाग्दा पनि सार्वजानिक र कार्यान्वयनमा तदारुकता नदेखाइएकाले स्वास्थ्य क्षेत्र सुधारको ठूलो अवसर गुम्ने खतरा आएको उल्लेख गर्दै केसीले ध्यानाकर्षण गराउनुभएको छ ।

Please follow and like us:

Comments