काठमाडौं । प्लास्टिक झोलाका विषयमा विज्ञानप्रविधि तथा वातावरण मन्त्रालयले आइतबारदेखि विशेष टोली बनाएर नाकामा निगरानी बढाउने निर्णय गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले प्लास्टिक झोलाको प्रतिबन्धको निर्णय कार्यान्वयन गरिने बताए ।

प्लास्टिक झोला प्रयोग भए नभएको अनुगमन गर्न विज्ञान प्रविधि तथा वातावरण, स्थानीय विकास, सहरी विकास मन्त्रालय र नेपाल प्रहरीको संयुक्त रुपमा अनुगमन समिति बनाइउको छ ।

प्लास्टिक झोला प्रतिबन्धकोनिर्णयपछि १२ दिनसम्म काठमाडौं उपत्यका प्रवशे गर्ने विभिन्न नाकाबाट सयौं किलो प्लास्टिक झोला बरामद गरिउको थियो ।
प्रतिबन्ध लगाइएका झोला ओसारपसार गर्नेलाई जरिवाना तथा चेतावनीपत्रसमेत लेखेको थियो । ४० माइक्रोनमभन्दा म तौलका प्लाास्टिकका झोला प्रयोगमा पूर्ण प्रतिबन्धको निर्णय व्यवस्थापिका संसदलेगरेको छ ।

वैशाख १ देखि यो लागू भएको थियो । तर, १२ वैशाखमा महाभूकम्प आएपछि यो निर्णय कार्यान्वयन भएको थिएन । फेरि यस विषयमा कडाई गर्न लागिएको हो ।

Comments