मेलबर्न । यति फुटबल क्लबले नयाँ नेतृत्व पाएको छ । बम गुरुङको अध्यक्षतामा गठित नयाँ कार्य समितिको कार्यकाल सन् २०१७ सम्म रहनेछ । यतिको नव गठित कार्य समितिको उपाध्यक्षमा प्रवेश केसी,सचिवमा भरत राना,उपसचिवमा कुन्दन कार्की र कोषाध्यक्षमा सुदीप एसके मास्के रहेका छन् ।

यस्तै कार्यकारी सदस्य परिषदमा ११ जना सदस्य रहेका छन् । जसमा ज्ञान श्रेष्ठ,हरि गुरुङ,भीषण गुरुङ,कर्म राना,अतिस मल्ल,बलेन्द्र जे गुरुङ,दीप्स गुरुङ,आशिक गुरुङ,राज शर्मा,अर्जुन रिजाल र कालु तमु रहेका छन् ।

क्लबले पूर्व पदाधिकारीहरुलाई क्लबको गरिमा बढाउँन गरेको उत्कृष्ट कार्य र क्लबप्रतिको समर्पण भावसहितको कार्यकालका लागि धन्यवाद दिएको छ । यस्तै नयाँ नेतृत्वसँगै क्लबले नयाँ उचाइ र सफलता हासिल गर्ने विश्वास पनि लिएको उल्लेख छ ।

Comments

comments