काठमाडाैं । हिमानी कोषकी अध्यक्ष रहेकी हिमानी शाहले मुख खाेल्दै संविधानको मस्यौदामा रहेको त्रुटिलाई जनताले भने सच्चाउनु पनेर् सुझाव दिएकी छन् ।

सबै नेपाली जनताको जस्तै धारणा आफ्नो पनि रहेको बताउँदै यूर्वयुवराज्ञी हिमानीले संविधान निर्माणका क्रममा जनताको चाहनालई नर्कान नहुने बताईन ।

कोषको कार्यालयमा छापा माध्यमका सञ्चारकर्मीसंगको भेटघाटमा उनले धर्म नागरिकता लगायतका विषयमा पत्रकारहरुले गरेका जिसामा जवाफ दिन चाहिनन् ।

हिमानी कोष राजनितिमा समावेश हुन नचाने प्रक्रिया दिदै संविधानमा जनताको चाहनालाई सर्वमान्य हुने विचार उनेले राखिन् । पत्रकारहरुले राजतन्त्र, हिन्दुराज्य लगायतका विषयमा पटक–पटक गरेको प्रश्नमा हिमानी मुस्कुाईन मात्र ।

उनले हिमानी कोषले भुकम्प पीडीतलाई गरेको सहयोगको बारेमा जानकारी दिँदै यसलाई सुधार गर्नका लागि संञ्चारकर्मीसंग सुझाव मागिन् ।

कोषले भुकम्पपछि विभिन्न २२ स्थानमा राहत लिएर पुगेको थियो स्रोत र साधानले भ्यासम्म भविष्यमा सबै ठाउँमा जाने आफ्नो चाहना हिमानीले बताईन् ।

सरकारको नियम तथा मापदण्डमा रहेर भुकम्प पीडितका लागि भुकम्प प्रतिरोधि घर विद्यालय तथा स्वास्थ्य चौकी बनाउने कार्यक्रम रहेको कोषकी सदस्य अर्चना शर्माले जानकारी दिईन् ।हिमानी शाहले प्रेससँग भनिन्ःसंविधानको मस्यौदामा त्रुटी छ

Comments

comments