अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका पसलहरुमा छापा मारेको छ । सर्वसाधारणबाट विमानस्थलमा रहेका पसलहरुबाट ठगिएको गुनासो बढेपछि अख्तियारले शुक्रबार  प्रस्थान र आवागमन कक्षमा रहेका पसलहरुमा छापा मारेको हो ।

रकम सटही काउन्टर , चिया पसल , कफीसप र चकलेट तथा मदिरा पसलहरुमा अख्तियारको टोलीले छापा मारेको थियो । ठूलो संख्यामा पुगेको अख्तियारको टोलीले पसल सञ्चालनको सम्झौता सम्बन्धी कागजात, सम्झौताको नवीकरण, लेखासम्बन्धी कागजात र केही सामग्रीहरु जफत गरेको छ ।

जफत गरिएका सामानमा चुरोट, चकलेट लगायत रहेका छन् । जफत गरिएका सामग्रीहरु म्याद गुज्रिएका भएको हुनसक्ने अख्तियारले जनाएको छ । 

Comments

comments