काठमाडौं । गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहालले आगामी एक महिनाभित्र नेपालमा कुनै आमूल परिवर्तन वा अनिष्ट हुने संकेत गरेका छन् ।

विहीवार उपचारका लागि अमेरिका जानु अघि आदित्यले यस्तो भविष्यवाणी गरेका हुन् । तर कस्तो किसिमको परिवर्तन अथवा अनिष्ट भन्नेबारे भने उनले केही बताएनन् । बाबु शेषराजका अनुसार आदित्यले आफू एक महिनापछि फर्कंदा मुलुकमा आमुल परिवर्तन आएको हुने दाबी गरेका छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, भेशराजले भने ।

आदित्य पारिवारिक सदस्यका साथ बिहीबार उपचारका लागि अमेरिकातर्फ प्रस्थान गरेका हुन् । अमेरिका उड्नुअघि उनी त्रिभुवन अन्तार्रािष्ट्रय विमानस्थलमा आँसु झार्दै रोएका थिए ।

आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र लगिएको थियो ।  शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव भएको थिएन ।

उनकै इच्छामा परिवारले उपचारका लागि अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

आदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार हुनेछ ।

आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका छैनन् ।

पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् ।

Comments

comments