काठमाडौं । बिहीबार मध्यान्ह् नेपाली आकाशमा अनौठो दृश्य देखेर सबैजना अचम्ममा परे । वृत्ताकार नाङ्लो जस्तो कालो घेराले सूर्यलाई घेरेपछि त्यसबारे सबैले आ आफ्नो ढंगले विश्लेषण गरेका छन् ।

कसैले आकाशमा इन्द्र सभा बसेछ भने कसैले सूर्यसभा बसेछ भन्न थाले । केहीले अनिस्टको संकेत मान्दै भूइँचालोसँग जोडेर जनजीवन आतंकित पार्न समेत खोजे ।

खास भएको के हो ? एस्ट्रोमिनकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार,’बायुमण्डलको तापक्रम चिसोबाट तोतोमा परिर्वतन हुँदा यस्तो घटना हुनेगर्छ’, उहाँले यसलाई खगोल विज्ञानमा सन हालो भनिने बताउँनुभयो ।

चन्द्रमालाई पनि कहिले कहीँ यस्तै बृत्ताकार बादलले छोप्ने गरेको बताउँदै उहाँले चन्द्रमालाई छोप्नुलाई भने ’लुनार हालो’ भनिने बताउँनुभयो । ब्रह्माण्डमा भएका अन्य ताराहरुका हकमा पनि यस्तो ’हालो’ देखिने गरेको उहाँले बताउँनुभयो ।

बायुमण्डलमा भएको ग्यास, पानी तापक्रम परिवर्तन हुँदा फेरिने कारणले यस्तो हालो बन्ने गर्दछ । ’इन्द्रसभा, सूर्यसभा भन्दा पनि यसलाई वैज्ञानिक घटनाको रुपमा लिएर मनोरञ्जन गर्नु राम्रो हुन्छ’, भट्टराईले बताउँनुभयो ।

अनिस्ट हुने वा अन्य किसिमका भविष्यवाणीको वैज्ञानिक सत्यता नभएको भट्टराईले बताउँनुभयो । यो नितान्त हाम्रो बायुमण्डलमा भएको तापक्रम परिवर्तनको खेल मात्र भएको बताउँदै उहाँले इन्द्रेणी देखिए जस्तै यो पनि सामान्य घटना मात्र भएको बताउँनुभयो ।

Comments

comments