काठमाडौं । नेपाल राष्ट्र बैकले बैक तथा बित्तिय सस्थाहरुको न्यूतनम चुक्ता पुँजीमा बृद्धि गरेको छ । आगामी दुई बर्ष भित्रमा बैक तथा बित्तिय सस्थाहरुले  न्यूनतम चुक्ता पुँजीलाई बृद्धि गरेर ८ अर्व रुपैयामा पु¥याउनु पर्नेछ । गर्भनर चिरञ्जिवी नेपाल पहिलो मौद्रिक नीतिमा कृषिको विकासलाई महत्व दिइएको छ भने बैक तथा बित्तिय सस्थाहरुको बित्तिय अवस्था मजवुत बनाउनु प्रमुख लक्ष्य राखिएको छ । कमजोर बित्तिय सस्थाहरुलाई मर्जरमा जान बाध्य बनाउन राष्ट्र बैकले बित्तिय सस्थाहरुको चुृक्ता पुँजीमा बृद्धि गरिएको बित्तिय क्षेत्रमा बिश्लेषण गरिएको छ ।

नेपाल राष्ट्र बैकले बैक तथा बित्तिय सस्थाहरुको न्यूनतम चुक्ता पुँजीलाई बृद्धि गरेको छ । बिहिवार गर्भंनर चिरन्जीवी नेपालले प्रस्तुत गर्नु भएको मौंद्धिक नाीतिमा २०७४ असार मसान्त सम्ममा बाणिज्य र्बैकहरुले हालको २ अर्वको चुक्ता पुँजीलाई बृद्धि गरेर ८ अर्वको चुक्ता पुँजी बृद्धि गर्नु पर्ने भएको छ । त्यसैगरी र्माैद्धिक नीतिले राष्ट्रिय स्तरको बिकास वैकहरुलाई न्यूनतम २ अर्व ५६ करोड चुक्ता पुँजी बृद्धि गर्नु पर्ने भएको छ । मौंद्धिक नीतिमा ४ देखि १० जिल्ला कार्यं क्षेत्र  भएको विकास बैकहरुले १ अर्व २० करोड न्यूनतम चुक्ता पुँजी राख्नु पर्ने भएको छ भने राष्ट्रिय स्तरकोल फाइनान्स कम्पनीहरुले ८० करोड रुपैया र एक देखि तीन जिल्ला कार्य क्षेत्र भएका फाइनान्स कम्पनीहरुले ४० करोड रुपैया सम्मको न्यूनतम चुक्ता पुँजीको प्रावधान राखिएको छ ।

गर्भनर डाक्टर नेपालले बैक तथा बित्तिय सस्थाहरुको बित्तिय क्षमताको विकास गर्न नयाँ बैक तथा बित्तिय सस्थाहरुको न्यूनतम चुक्ता पुँजीमा बृद्धि गरिएको बताउनुभयो ।

गर्भनर नेपालले भुकम्पबाट प्रभावित जनतालाई सहुलियतमा कर्जा तथा पर्यटन तथा कृषि क्षेत्रको विकासको लागि बिशेष ब्यबस्था गरिएको हुदाँ सवै बैक तथा बित्तिय सस्थाहरुलाई काठमाडौं उपत्यकामा २५ लाख र उपत्यकाबाहिरका भुकम्प प्रभावित जिल्लाहरुमा १५ लाख सम्म २ प्रतिशत ब्याजदरमा सरल रुपमा कर्जा प्रवाह गर्न समेत निर्देशन दिनुभएको छ ।
देश भुकम्पबाट प्रभावित भएको कारण बैक तथा बित्तिय सस्थाहरुले पुर्ननिर्माण र नवनिर्माणको कार्यंमा सकृय सहयोग गर्न सक्नु पर्ने गर्भनर नेपालको भनाई छ ।

गर्भनर नेपालले बैक तथा बित्तिय सस्थाहरुको तरलतालाई पुर्ननिर्माण र उत्पादकत्व क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न नीजि क्षेत्रलाई प्रोत्सहित र्माैद्धिक नीति अगिकार गरिएको बताउनुभयो  ।

नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको मौद्धिक नीतिमा बैक तथा बित्तिय सस्थाहरुको न्यूनतम चुक्ता पुँजी बृद्धि गरिएको नेपाल बैकर्स एशोसिएसन तथा बैंकर्सहरुले न्यूनतम चुक्ता पुँजी बृद्धि गर्न कठिन भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन ।
बिगतमा बैक तथा बित्तिय सस्थाहरुको अवस्था कमजोर भएको कारण राष्ट्र बैकले नीजिस्तरमा सचालित र्बैक तथा बित्तिय सस्थाहरुको बित्तिय अवस्था मजवुत बनाउन नयाँ प्रावधान गरिएको जनाएको छ ।

Comments