काठमाडौं । नेपाली युवा इन्जिनियरहरुले समय समयमा अनौठा रोवोटहरु बनाएर आफ्नो प्रतिभा प्रदर्शन आएका छन् । कम खर्चमा कवाडी सामानहरु खरिद गरेर विश्वका विकसित मुलुकहरुले जसरी नै रोवोट निर्माण गर्ने गरेका छन् नेपाली इन्जिनियरहरुले ।

विहिवार काठमाडौंको पुलचोक इन्जिनियरीङ्ग क्याम्पसका विद्यार्थीहरु आफ्नो मिहिनेत सार्वजनिक गर्न पाँउदा दङ्ग देखिन्थे । यस भन्दा पहिले पनि किसिमका किसिमका रोवोटहरु बनाएर राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका अर्वाडहरु जित्न सफल नेपालका युवा इन्जिनियरहरुले यस पटकचाहिँ व्याटमिन्टन खेल्ने रोवोट बनाए । हेर्दा आकर्षक ढङ्गले निर्माण गरेको यो रोवोटले मज्जासंग व्याटमिन्टन खेल्न सक्छ । रोवोटलाई खेल्न सजिलो होस् भनेर यसका प्रत्येक संयन्त्रको निर्माणपनि त्यसै किसिमले वनाईएका छन् ।

रोवोट निर्माणमा संलग्न एक इन्जिनियरका अनुसार ६ महिना लगाएर निर्माण गरिएको उक्त रोवोट पूर्णरुपमा वनाउन जम्मा २ लाख रुपैँया खर्च भएको छ । स्थानीय वजारमा पाईएका कवाडी सामाग्रीहरुको प्रयोगगरि रोवोटको निर्माण गरिएको उनले बताए ।

नेपाल रोवोट निर्माणमा दक्षिण एसियामै अग्रणी मानिन्छ । विश्वमा सवैभन्दा बढि रोवोटको उत्पादन र प्रयोग गर्ने मुलुक जापान हो । सरकारले नेपालका इन्जिनियरहरुलाई गतिलो सहयोग दिन सक्यो भने रोवोट उत्पादनमा नेपाल दक्षिण एसियाकै प्रमुख मुलुक बन्न सक्दछ । तर यसकोलागि सरकारी नीति संगै ठोस सहयोगको आवश्यक रहेको रोवोट निर्माणमा संलग्न इन्जिनियरहरु वताउँछन् ।

Comments

comments