मेलबर्न । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले नयाँ नेतृत्व पाएसँगै नेपालको पुननिर्माणमा जुट्ने भएको छ ।

रएनए अष्ट्रेलियाले छैटौँ नेशनल कन्फ्रेन्सको आयोजना गरी भूकम्पका कारण क्षतिग्रस्त नेपालको संरचनाहरूको पुनर्निर्माण र नव निर्माणका लागि हात बढाउन लागेको हो । आगामी एक अगष्टका दिन हस्टभिलमा आयोजना हुने कार्यक्रममा एनआरएनए अष्ट्रेलियाको नव निर्वाचित टीमलाई समूदायकाबीच परिचत गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

त्यस्तै कार्यक्रममा अचिभमेन्ट प्रिजेन्टेसन, अवार्ड सेरेमोनी लगायत विविध सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ ।

प्रवेश निःशुल्क गरिएको सो कार्यक्रममा उपस्थित भएर नेपालको पुनर्निमाणमा सरिक हुन एनआरएनए अष्ट्रेलियाले सवै नेपाली समूदायलाई आह्वान पनि गरेको छ ।

Comments

comments