मेलबर्न । लामो समयदेखि विरामीले थला परेका अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी उज्जवल पौडेलको उपचारमा सहयोग गर्न पुनः अपिल गरिएको छ ।

बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोग पुर्याउन अष्ट्रेलियावासी नेपाली समूदायलाई उज्जल पौडेलले विशेष आग्रह गरेका हुन् । अष्ट्रेलियामा डेढ वर्ष अघि नेपालबाट अध्ययनका लागि आएका पौडेल हाल जीवन र मरणको दोसाँधमा छन् । उनको जीवन बचाउन यहाँ रहेका नेपाली समूदायले पनि चासो देखाइरहेका छन् । उनी रगतसँग सम्बन्धित एक प्रकारको क्यान्सरबाट पीडित भएका हुन् । उपचारका लागि ठूलो धनरासी खर्च हुने र आर्थिक अवस्था पनि कमजोर रहेका कारण उनलाई सहयोग अनिवार्य भएको साथी विपिन कार्कीले जानकारी दिनुभयो । कार्की हाल सिड्नीमा आर्थिक संकलनका लागि आइपुगेका छन् ।

उज्ज्वललाई आर्थिक सहयोग गर्न चाहनेले वेबसाइट मार्फत सिधै आर्थिक सहयोग गर्न सकिने विपिनले बताउँनुभयो । यस्तै ०४८१४६२२५१ सम्पर्क गरेर पनि पौडेललाई आर्थिक सहायता उपलव्ध गराउन सकिनेछ ।

Please follow and like us:

Comments