एजेन्सी । अफ्रिकी मुलुकबाट, एशियामा ठूलो संख्यामा युवा फुटवल खेलाडीको तस्करी हुने गरेको रहस्य खुलेको छ  । अफ्रिकी मुलुकका युवा खेलाडीलाई एशियामा ल्याएर जबरजस्ती सम्झौतामा हस्ताक्षर गर्न बाध्य गराउने गरेको  बीबीसीको अुनसन्धानले देखाएको छ ।

लाओसको शीर्ष क्लब चामपासाकले फेब्रुअरीमा  पश्चिम अफ्रिकाबाट उमेर नपुगेका खेलाडी भित्रयाएको बीबीसीले उल्लेख गरेको छ । फिफाको नियम अनुसार १८ बर्ष भन्दा मुनीका खेलाडीलाई कुनै पनि बिदेशी क्लब र एकेडेमीमा अनुबन्धन गर्न पाइदैन । चामपासकाले भने आफुले कुनै गलत काम नगरेको दाबी गरेको छ । अझै चामपासाक क्लवबमा ६ जना नाबालक खेलाडी रहेको बताइएको छ ।  यसै बर्ष मात्र स्थापना भएको चामपासाक क्लबले भविष्यमा खेलाडीको बक्रिबाट नाफा कमाउने उदेश्यले नाबालक खेलाडी भित्राएको आरोप लगाइएको छ । लाइबेरियाबाट लाओस आएका एक १४ बर्षीय खेलाडीले सिनियर टिमबाट खेल्नु अघि  आफुलाई जबरजस्ती ६ बर्षको सम्झौतमा हस्ताक्षर गर्न लगाएको बताएका छन ।

सम्झौता पत्रमा तलव र अन्य सेवा सुविधा उपलब्ध गराउने लेखिएपनि अहिले सम्म नपाएको र क्लबको स्टेडियमको एउटा कोठमा बसिरहेका ती  खेलाडीको भनाइ छ । क्लबले एउटै कोठामा ३० जना सम्म खेलाडीलाई राख्ने गरेको पनि खुलासा भएको छ । चामपासाकबाट फर्किएका केही नाबालक खेलाडीले क्लबमा आफुहरुलाई राम्रोसंग खाना नदिने, औषधि उपचारको अभाव हुने गरेको भन्दै कामदारको जस्तो ब्यबहार गर्ने गरेको बताए ।

धेरै जसो अफ्रिकी मुलुकहरुमा कमजोर आर्थिक अवस्थाका कारण राम्रा फुटवल एकेडेमीहरु नहँुदा खेलाडीहरु अन्य देशहरुको प्रस्ताव  स्वीकार्न बाध्य छन ।

Comments

comments