काठमाडौं । संविधानको प्रस्तावित मस्यौदामा सुझाव लिन जनतामाझ पुगेका ठुला दलका नेताहरु आक्रमणको निशानामा परेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले नेता माधव नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा.रामशरण महत आक्रमणमा परेका छन् ।

प्रधानमन्त्री कोइरालालाई राप्रपा नेपालका कार्यकर्ताले बाँकेको नेपालगन्जमा विरोध गरेका छन् भने नेपाललाई रौतहटमा कुर्सीले प्रहार गरिएको छ । उनी चड्ने गरेको गाडी समेत सद्भावना पार्टीका नेता अनिल झाको समुहले तोडफोड गरेको छ । प्रस्तावित मस्यौदामा नागरिकको राय सुझाव लिन सिराह पुगेका दाहालमाथी पनि आक्रमणको प्रयास गरिएको छ । उनी उपस्थित कार्यक्रममा कालो झण्डा देखाउँदै ढुंगामुडा गरिएको छ । त्यसैगरी संविधानमाथी जनताको स्ुझाव लिन नुवाकोट पुगेका अर्थमन्त्री महत चडेको गाडीमा पेटोल बम प्रहार गरिएको छ ।

4 dalप्रस्तावित मस्यौदामाथी असहमति राख्ने राप्रपा नेपाल र मधेशबादी दलहरुले मात्र आक्रमणको प्रयास गरेका छैनन्, सुझाव लिने प्रक्रियाका कारण पनि उनीहरु निशानमा परेका छन् । जनताको सुझाव लिन पुगेका नेता तथा सभासद्हरुले खुल्लारुपमा .नभई बन्द कोठमा  सिमिति ब्यक्तिको सुझाव लिन थालेपछि ठाउँ ठाउँमा  झडप भएको छ । जनताको नाममा गएको सुझाव संकलन टोलीले जनतालाई नै सहभागि नगराएपछि तनाव उत्पन्न भएको हो ।

ठाउँ ठाउँमा झडप भएपछि सभासद्हरुको सुरक्षा ब्यवस्था कडा पारिएको छ । सवै जिल्लामा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । कतिपय स्थानमा कडा प्रहरीको घेरामा समेत राय सुझाव लिने काम भइरहेको छ ।

Comments

comments