मेलबर्न । अष्ट्रेलिया नेपाली गीत संगीत क्षेत्रका लागि समेत उर्वर भूमि बन्दै आएको छ । एकपछि अर्को गर्दै नयाँ नयाँ प्रतिभाहरु जन्मिन थालेका छन् यहाँ । तिनै प्रतिभामध्येमै पर्दछन् गायक अभिनाश न्यौपाने ।

सानैदेखि गीत संगीतमा रुची भएका न्यौपानेले सात समुद्रापारि अष्ट्रेलिया आइपुग्दा पनि आफ्नो संगीतप्रतिको त्यो झुकावलाई छोड्न सकेनन् । त्यसैले त्यसलाई निरन्तरता दिदै भर्खरै मात्र चार कदम बोलको गीत रेकर्ड गराएका छन् । उनले यो गीतको म्यूजिक भिडियो समेत अष्ट्रेलियामै तयार पारेका छन् । उक्त म्यूजिक भिडियो यूट्युव लगायत विभिन्न अनलाइनहरुमा अपलोड गरिएसँगै गायक अभिनाशको चर्चा पनि विस्तारै बढ्दैछ ।गायकको रुपमा उनको पहिचान पनि बन्दैछ ।

यस गीतका गीतकार विश्वबाबु न्यौपाने हुन् भने यसमा अभिनाशले आफैं नरी कँडेलसँग मिलेर संगीत दिएका छन् । प्रेम समर्पणको भाव बोकेको यस गीतलाई विशेष गरी युवा दर्शक श्रोताहरुले मन पराएको गायक अभिनाशले बताए ।
म्यूजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् ।

 

Comments

comments