काठमाडौँ  ।  आज साउनको पहिलो सोमबार देशभरका हिन्दू महिलाहरु शिवको मन्दिरमा गएर पुजा आजा गरी ब्रर्त बस्ने गर्दछन् ।

शिवको पूजा गरेर आफ्नो मनोकामना पूरा हुने र आफ्नो पतिदेवलाई राम्रो हुने, आफूले चिताएको पुग्ने, दीर्घायु हुने, रोगव्याधी नलाग्ने जनविश्वासका साथमा नारीहरु साउन मासभर सोमवार शिवको ब्रतबसेर उपवास समेत बस्ने गर्दछन् । महिलाहरुले यो एक महिना हरियो बस्त्र, चुरा लगाउने, माछा मासु र जुठो खानेकुरा नखाने समेत गर्ने गर्दछन् । विहानै नुहाएर अहिले देशभरका शिवालयहरुमा महिलाहरुको भिड लागेको छ ।

सुनसरी,खोटांग, तानसेन,काठमाडौँको सुन्दरीजल लगायतका देशभरका शिवालय तथा देवस्थानमा समेत महिलाहरुको विहानै देखी भिड लागेको छ ।

Comments